आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

आज माओवादी जनयुद्ध दिवस मनाइँदै, सार्वजनिक बिदा 

गोकर्णेश्वर खबर१ फाल्गुन २०७९, सोमबार १०:२५ मा प्रकाशित (१ साल अघि) ८७ पाठक संख्या

१ फागुन, काठमाडौं । २०५२ साल फागुन १ गतेका दिन माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको थियो । आज फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ ।

शान्ति प्रक्रियापछि माओवादीले पटक(पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।

जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने जनयुद्ध दिवस मनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

माओवादीले २०५२ फागुन १ गतेदेखि शुरु गरेको सशस्त्र युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् । सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ ।