आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

रास्वपाका तीन मन्त्रीले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित 

गोकर्णेश्वर खबर२३ माघ २०७९, सोमबार १३:०१ मा प्रकाशित (१ साल अघि) २८ पाठक संख्या

२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन मन्त्रीले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । सरकारबाट बाहिरिने निर्णय गरेपछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले आज पत्रकार सम्मेलन गर्ने भनिएको थियो ।

राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए।