आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

गोकर्णेश्वर खबर२३ माघ २०७९, सोमबार १२:५८ मा प्रकाशित (१ साल अघि) ३० पाठक संख्या

२३ माघ, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित भएकी छन् । आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकले अर्याललाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

अर्यालको मात्रै उम्मेदवारी परेपछि सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । उनी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यसमेत हुन् ।

नवनिर्वाचित अर्याललाई अध्यक्ष तिमल्सिनाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।