आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

रास्वपाको आकस्मिक बैठक बस्दै

गोकर्णेश्वर खबर२१ माघ २०७९, शनिबार २१:१५ मा प्रकाशित (१ साल अघि) ८४ पाठक संख्या

२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका नेतालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका छन् ।

सोही विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक अहिले बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग रास्वपाका सभापति रवि लामिछानेले भेटेपछि आकस्मिक रुपमा पार्टी बैठक डाकिएको हो ।

गएको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट सरकारलाई दुई दिनको समयसीमा दिइएको थियो । गृह मन्त्रालय पुनः आफैँले पाउनुपर्ने अडान राखिएको थियो । पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए ।

अहिले नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् ।