आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

आज कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै

गोकर्णेश्वर खबर१९ माघ २०७९, बिहीबार ०८:४६ मा प्रकाशित (१ साल अघि) ८८ पाठक संख्या

१९ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवास आज बिहान ९ बजे बस्ने बैठकमा राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्ने तयारी रहेको छ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते हुँदैछ। राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो। सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ।

कांग्रेस उम्मेदवारी दिने नदिने भोलि बस्ने बैठकले टुंगो लगाउनेछ। उपाध्यक्षका लागि माओवादीभित्र उर्मिला अर्याल र गंगा बेल्बासेको नाम चर्चामा छ।

कांग्रेसको विधान अनुसार संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था छ।