आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

बाइकको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्न डब्ल्यूएचओको चासो 

गोकर्णेश्वर खबर१८ माघ २०७९, बुधबार १९:२३ मा प्रकाशित (१ साल अघि) ८७ पाठक संख्या

१८ माघ, काठमाडौं । बाइकको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्न डब्ल्यूएचओले चासो दिएको छ । मोटरसाइकलको पछाडि बस्ने यात्रुको जीवन सुरक्षाका लागि डब्ल्यूएचओले दबाब दिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै मोटरसाइकलको पछाडि बस्ने यात्रुको जीवन सुरक्षामा सरकारले पर्याप्त ध्यान नदिएको भन्दै पटक–पटक चासो व्यक्त गरेको हो ।

पछिल्लो समयममा भियतनाम जस्ता देशले यस्तो निर्णय लागु गरेर मोटरसाइकल दुर्घटनाबट हुने मृत्युदर धेरै घटाएका छन्, त्यसैलाई ध्यानमा राखेर डब्ल्यूएचओले यसमा चासो राखेको हो ।