आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

भारतबाट पेट्रोलको मूल्य बढेर आयो 

गोकर्णेश्वर खबर१८ माघ २०७९, बुधबार १८:५९ मा प्रकाशित (१ साल अघि) १०९ पाठक संख्या

१८ माघ, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई नयाँ मूल्य पठाएको हो। जसअनुसार पेट्रोल र डिजेलको लागत प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा ४ रुपैयाँ ६० पैसा बढेको छ।

कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई हवाई इन्धन ७ रुपैयाँ ८० पैसा महँगो बन्ने भएको छ। तेलको भाउ बढेर आउँदा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेको छ।

भारतले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ जसको आधारमा नेपाल आयल निगमले नेपाली बजारमा इन्धनको मूल्य घटबढ गर्ने गर्छ।

निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य सूचीअनुसार १५ दिनमा निगमलाई ९ करोड १५ लाख रुपैयाँ घाटा हुनेछ। निगमले विगत चार महिना नाफा गरेको थियो।