आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

गोकर्णेश्वर खबर१३ माघ २०७९, शुक्रबार १६:५९ मा प्रकाशित (१ साल अघि) १०३ पाठक संख्या

१३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको हो ।

दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा कांग्रेसको समेत सहमति हुने गरी अगाडी बढ्ने बैठकमा निर्णय भएको हो ।