आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

स्वर्गीय प्रेमप्रसाद आचार्यले उठाएका विषयलाई सरकारले छानविन गर्ने

गोकर्णेश्वर खबर११ माघ २०७९, बुधबार १९:५७ मा प्रकाशित (१ साल अघि) ७६ पाठक संख्या

११ माघ, काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका बिषयको छानबिन गर्न गृहमन्त्रालयलाई जिम्मा दिएको छ।

बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो।

मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई नै दिएको छ।

आचार्यले विभिन्न विषयमा असन्तुष्टि जनाउदै मंगलबार दिउँसो बानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आत्मदाहको प्रयास गरेका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो।