आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

उपप्रधान एवं गृहमन्त्री लामिछानेको मुद्दामा संवैधानिक इजलासमा बहस सुरू

गोकर्णेश्वर खबर११ माघ २०७९, बुधबार १२:२२ मा प्रकाशित (१ साल अघि) ६४ पाठक संख्या

११ माघ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री लामिछानेको मुद्दामा संवैधानिक इजलासमा बहस सुरू भएको छ। मुद्दामाथि सुनुवाइ गर्न कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएको छ।

निष्क्रिय नागरिकता प्रयोग गरेर चितवन-२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका र निर्वाचित भएका उनलाई अयोग्य घोषित गर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो।

संवैधानिक इजलासले यी रिट निवेदनमा आजदेखि अन्तिम सुनुवाइ गर्ने र फैसला गर्नेगरी यो मुद्दालाई अग्राधिकार दिएको थियो।

यसअघिको इजलासमा रहेका न्यायाधीश प्रकाशमानसिंह हटेर न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आएका छन्।

सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न लागेको हो।

इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा रहेका छन्।