आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने 

गोकर्णेश्वर खबर३ माघ २०७९, मंगलवार १५:४९ मा प्रकाशित (१ साल अघि) ६५ पाठक संख्या

३ माघ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्दै गर्नुहुँदा नेपाली कांग्रेस बागमती प्रदेशले विश्वासको मत दिन निर्देशन दिएको छ ।

कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको मङ्गलबार बसेको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

कांग्रेसले यसअघि यस प्रदेशको प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचनमा सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको थियो ।  प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन र प्रतिपक्षमा बस्न निर्देशन दिने निर्णय गरेको थियो ।

कांग्रेसले बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाका लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिँदै गुण र दोषको आधारमा प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेश कार्यसम्पादन समितिको बैठकले भनेको छ । बागमती प्रदेशमा सबैभन्दा ठूलो दल रहेको कांग्रेसको ३७ जना प्रदेश सभा सदस्य रहेका छन् ।