आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने 

गोकर्णेश्वर खबर३ माघ २०७९, मंगलवार १०:२१ मा प्रकाशित (१ साल अघि) ६२ पाठक संख्या

३ माघ, काठमाडौं । वाग्मती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले गएको पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।