आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

शंखरापुरमा स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि छानबिन

गोकर्णेश्वर खबर२४ पुष २०७९, आईतवार १७:३१ मा प्रकाशित (१ साल अघि) १२९ पाठक संख्या

२४ पुस, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरू गरेको हो । शंखरापुर नगरपालिका-३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा स्थानीय वासिन्दाले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।

गत शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई पेस्तोल ताकेका थिए । बुढाथोकीलाई परिसरमा झिकाइ थप छानबिन सुरू भएको हो ।