आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

उपप्रधान तथा गृहमन्त्री लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल 

गोकर्णेश्वर खबर२२ पुष २०७९, शुक्रबार ०९:१८ मा प्रकाशित (१ साल अघि) १०१ पाठक संख्या

२२ पुष, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे शुक्रबारबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ । लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले ६ पुसमा आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो ।

सर्वोच्च अदालत स्रोतका अनुसार शुक्रबार हुने छलफल उहाँविरुद्ध दर्ता निवेदनमाथि अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने विषयमा केन्द्रित हुनेछ । लामिछानेविरुद्ध अन्तरिम आदेश जारी भए उनी सांसद अनि मन्त्री समेत हुन पाउँदैनन् । अन्तरिम आदेश जारी नभए उनको पद यथावत रहन्छ ।