आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

प्रधानमन्त्री प्रचण्डद्वारो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

गोकर्णेश्वर खबर१७ पुष २०७९, आईतवार १५:०९ मा प्रकाशित (१ साल अघि) ३२ पाठक संख्या

१७ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री दाहालले सो अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । यसअघि त्यस क्षेत्रका हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ । आज अन्तर्राष्ट्रिय उडान भने भएन ।

अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातादेखि खुल्ने छ । अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरले आइतबार सार्वजनिक बिदा दिएको छ ।