आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

प्रधानमन्त्रीलाई श्रीलङ्काका राष्ट्रपतिको बधाई

गोकर्णेश्वर खबर१६ पुष २०७९, शनिबार ०८:०१ मा प्रकाशित (१ साल अघि) २६ पाठक संख्या

१६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेले प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा दाहाललाई बधाई दिएका छन् ।

बधाइका क्रममा दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो।

टेलिफोन वार्तामा राष्ट्रपति विक्रमासिङ्गेले प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।

प्रधानमन्त्री दाहाललाई विभिन्न देशका सरकार प्रमुख एवं राष्ट्रप्रमुखले बधाई तथा शुभकामना दिईरहेका छन् । रासस