आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

कानुन बमोजिम काम गर्न मन्त्री भेट्नुपर्दैन: गृहमन्त्री लामिछाने

गोकर्णेश्वर खबर१६ पुष २०७९, शनिबार ०७:५९ मा प्रकाशित (१ साल अघि) १२ पाठक संख्या

१६ पुस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा कानुनबमोजिम काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने बताएका छन् ।

शुक्रबार साँझ फेसबुकमार्फत एक सन्देश सार्वजनिक गर्दै उनले गृह मन्त्रालयका कर्मचारीहरू नागरिकको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको बताएका छन् । ‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन,’ उनले भने, ‘हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन् ।’

मन्त्री बनेपछि बधाई तथा शुभकामना दिनेहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले गृह मन्त्रालय हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा लागेको उनले जानकारी दिएका छन् ।