आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी

गोकर्णेश्वर खबर१३ पुष २०७९, बुधबार १६:४२ मा प्रकाशित (१ साल अघि) २३० पाठक संख्या

१३ पुस, हेटौंडा । नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।

नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन् ।