आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

देउवाले छोडे बालुवाटार

गोकर्णेश्वर खबर१३ पुष २०७९, बुधबार १३:४५ मा प्रकाशित (१ साल अघि) ३९ पाठक संख्या

१३ पुष, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट धुम्बाराहीमा सरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको चार दिनपछि देउवाले बालुवाटार छोडेका हुन् ।

आइतबार प्रचण्डलाई राष्ट्रपतिले नियुक्ति गरेकी थिइन् भने सोमबार प्रचण्डले शपथ खाएका थिए । त्यसपछि पनि प्रधानमन्त्री प्रचण्ड खुमलटार बस्दै आएका थिए ।

बुढानीलकण्ठमा रहेको देउवा निवास निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित एक निजी घरमा भाडामा बस्ने बताइएको छ ।