आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँको उम्मेदवारी 

गोकर्णेश्वर खबर१३ पुष २०७९, बुधबार १३:४३ मा प्रकाशित (१ साल अघि) ६६ पाठक संख्या

१३ पुष, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाको उम्मेदवारी परेको छ । आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुने मतदानका लागि बानियाँ र लामाले उम्मेदवारी दिएका हुन् ।

बानियाँको प्रस्तावकमा प्रभात तामाङ र समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् । लामाको प्रस्तावकमा कुन्दनराज काफ्ले, समर्थनमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार छन् ।

बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । बागमती प्रदेश सभामा ३७ सदस्य रहेको कांग्रेसले दलको नेता चुनावी प्रक्रियाबाट चयन गर्न लागेको हो ।