आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

गृहमन्त्री लामिछानेको मुद्दामा पुस २२ गते सर्वोच्चमा सुनुवाइ हुने 

गोकर्णेश्वर खबर१२ पुष २०७९, मंगलवार १९:२४ मा प्रकाशित (१ साल अघि) ६० पाठक संख्या

१२ पुष, काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसद सदस्य उम्मेदवारको रुपमा योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुस ६ गते नै सुनुवाइ भए पनि मंगलबार मत्र आदेशको प्रमाणित कपी आएको हो ।

कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन् ।

पुस २२ मा लामिछाने सांसद हुन योग्य कि अयोग्य भन्ने विषयमा दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि अदालतले के हुने भन्ने आदेश दिनेछ ।