आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित 

गोकर्णेश्वर खबर१२ पुष २०७९, मंगलवार १९:०६ मा प्रकाशित (१ साल अघि) ४६ पाठक संख्या

१२ पुष, काठमाडौं । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाएको छ ।

मंगलबार संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै निलम्बन भएको जनाएका हुन् ।

गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रको आधारमा समेत उनी निलम्बनमा परेको जनाएका छन् ।