आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पदभार ग्रहण

गोकर्णेश्वर खबर११ पुष २०७९, सोमबार २१:३४ मा प्रकाशित (१ साल अघि) ४० पाठक संख्या

११ पुष, काठमाडौं । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि उनी आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सोमबार अपराह्न राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ लिएका उनले सिंहदरबार पुगेर साँझ पदभार ग्रहण गरेका हुन् ।

मन्त्रिपरिषद्को पहिलो बैठक

यसैगरी, आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बेलुका मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ ।

बैठकले अर्थतन्त्रमा सुधार, जनताका समस्या प्रभावकारी रुपमा सम्बोधन गर्नेलगायतका निर्णय गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले नेपालको अर्थतन्त्रको स्थिति सुधार्ने र सुशासनतिर अगाडी बढ्ने निर्णय गरेको छ ।