आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

उपप्रधानमन्त्रीले लिए सपथ, रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री 

गोकर्णेश्वर खबर११ पुष २०७९, सोमबार १६:३५ मा प्रकाशित (१ साल अघि) २१ पाठक संख्या

११ पुष, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मन्त्री परिषद्का ३ जना उपप्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्री प्रचण्ड पछी राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना उपप्रधानमन्त्रीलाई शपथ खुवाएका हुन् ।

मन्त्रिपरिषद्मा विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।