आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

गोकर्णेश्वर खबर११ पुष २०७९, सोमबार १६:२४ मा प्रकाशित (१ साल अघि) २१ पाठक संख्या

११ पुष, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रचण्डले जनताको नाममा शपथ लिएका हुन् ।

प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी थिइन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । उनीहरुको प्रधानमन्त्री प्रचण्डलाई समर्थन रहेको छ ।