आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

सात दलीय सत्ता गठबन्धनको बैठक नयाँ बानेश्वरमा बस्दै

गोकर्णेश्वर खबर११ पुष २०७९, सोमबार १२:२२ मा प्रकाशित (१ साल अघि) ३७ पाठक संख्या

११ पुस, काठमाडौं । सात दलीय सत्ता गठबन्धनको बैठक नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ बानेश्वर पुगेका छन् ।

प्रचण्डसँगै नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई पनि संसद् भवन नयाँबानेश्वर पुगेका छन् ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् ।

नवनियुक्त प्रधानमन्त्री दाहालले आज (सोमबार) ४ बजे शितलनिवासमा पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ ।