आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने

गोकर्णेश्वर खबर११ पुष २०७९, सोमबार १२:१६ मा प्रकाशित (१ साल अघि) ३९ पाठक संख्या

११ पुस, काठमाडौं । सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जाने भएको छ ।

पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । रास्वपाले कुन कुन मन्त्रालय लिने भन्ने टुंगो लागि सकेको छैन ।

संसदमा २० सिट भएको रास्वपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो ।