आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

दाहाललाई शपथ लिनुअघि दुवै छिमेकी देशको बधाई

गोकर्णेश्वर खबर११ पुष २०७९, सोमबार ०९:१७ मा प्रकाशित (१ साल अघि) ४० पाठक संख्या

११ पुष, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई शपथ लिनुअघि नै दुवै छिमेकी देशले बधाई दिएका छन् । दाहाललाई नेपालस्थित चिनियाँ राजदूतावास र भारतीय राजदूतावासबाट बधाई आएको हो ।

दाहाललाई नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएका छन् ।

दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । दाहालले प्रधानमन्त्रीको रुपमा सोमबार अपराह्न ४ बजे शीतल निवासमा शपथ लिने छन् ।