आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

नेकपा (एकीकृत समाजवादी) ‘पर्ख र हेर’को स्थितीमा

गोकर्णेश्वर खबर१० पुष २०७९, आईतवार १७:२५ मा प्रकाशित (१ साल अघि) १५ पाठक संख्या

१० पुष, काठमाडौं । नयाँ गठबन्धनको सरकार बन्ने भए पछि नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी नहुने भएको छ । नेकपा एसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नजाने सचिवालय बैठकबाट निर्णय गर्दै अहिले ‘पर्ख र हेर’को स्थितीमा रहेको छ ।

आइतबार नै दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहित माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको बीचमा सहमति भएको हो । दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो ।

पछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने नेकपा एसका प्रवक्ता खतिवडाले बताएका छन् । खतिवडाले अहिले विकसित घटनाक्रमलाई पार्टीले ‘पर्ख र हेर’को नीति लिने बताए ।