आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निवास शीतल निवासमा

गोकर्णेश्वर खबर१० पुष २०७९, आईतवार १७:१३ मा प्रकाशित (१ साल अघि) १६ पाठक संख्या

१० पुष, काठमाडौं । प्रधानमन्त्रीको दाबी गर्न दलहरूको सहमति लिएर नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमत दलहरूको सहमतिसहित दाबी गर्न आइतबार साँझ ५ बजेसम्मका लागि दिएको समयसीमा सकिनै लाग्दा ओली र दाहाल शीतल निवास पुगेका हुन् ।

आइतबार दिउँसो ओली निवास बालकोटमा बसेको नयाँ गठबन्धन दलहरूको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष दाहाललाई साढे २ वर्षका लागि प्रधानमन्त्री बनाउने सहमति भएको छ । त्यसपछि सरकारको नेतृत्व एमालेले गर्ने बताइएको छ ।

यसका लागि एमाले र माओवादीसहित विभिन्न सात दलको सहमति छ । जसअनुसार संसद्‍मा १६६ सांसदहरूले दाहालको नेतृत्वको सरकारलाई समर्थन जनाउने छन् । आइतबार बालकोट बैठकको सहमति अनुसार नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनलाई साथ दिनेछन् ।