आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

प्रचण्डले सत्ता गठबन्धन तोडेको कांग्रेसका वरिष्ठ नेता पौडेलको आरोप 

गोकर्णेश्वर खबर१० पुष २०७९, आईतवार १३:५५ मा प्रकाशित (१ साल अघि) १६ पाठक संख्या

१० पुष, काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डले सत्ता गठबन्धन तोडेको आरोप लगाएका छन् । पौडेलले प्रचण्डका कारण गठबन्धन नजोगिएको दाबी गरेका छन् ।

यससँगै नेकपा माओवादी केन्द्र लगभग सत्ता गठबन्धनबाट बाहिरिएको छ । आइतबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सरकारको नेतृत्व गर्ने माओवादी केन्द्रले दाबी गरेपनि नपाउने भएपछि सत्ता गठबन्धनबाट बाहिरिने संकेत गरेको हो ।

पौडेलका अनुसार अब गठबन्धन टुटिसक्यो र अब नेपाली कांग्रेस गठबन्धनको छलफलमा बस्दैन ।