आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

नयाँ सरकार गठन गर्न गठबन्धनमा सहमति हुन सकेन

गोकर्णेश्वर खबर१० पुष २०७९, आईतवार १३:४५ मा प्रकाशित (१ साल अघि) १९ पाठक संख्या

१० पुष, काठमाडौं । चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारलाई निरन्तरता दिने प्रतिबद्वतासहित जनमत लिएका सत्ता गठबन्धन दल चुनावपछि भने सरकार गठनका लागि बार्गेनिङमा छन् । गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडटको सहमति नहुँदा नयाँ सरकार गठन हुन सकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिदैछ । तर दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेका दल शक्ति बाँडफाँटको अन्तिम कसरतमा छन् । बिहान पार्टीभित्र आ‍न्तरिक र शीर्ष नेताहरुबीच चरणबद्व छलफलपछि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसे पनि सहमती बनिसकेको छैन । गठबन्धनमा निर्णायक भूमिकामा रहेका कांग्रेस र माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बनाउन चौतर्फी प्रयास गरिरहेका छन् । सरकारको नेतृत्वमा दुई दलको दावी पछि सहमती हुन नसकेको हो ।