आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कांग्रेस संसदीय दलको निर्वाचन सकियो, केहीबेरमा मतगणना

गोकर्णेश्वर खबर६ पुष २०७९, बुधबार १०:४६ मा प्रकाशित (१ साल अघि) १७ पाठक संख्या

६ पुष, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । सिंहदरबार स्थित कांग्रेस दलको कार्यालयमा भएको मतदानमा ८९ मत खसेको छ ।

केही बेरपछि मत गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ ।