आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कांग्रेस संसदीय दलको निर्वाचन आज

गोकर्णेश्वर खबर६ पुष २०७९, बुधबार ०८:४६ मा प्रकाशित (१ साल अघि) २५ पाठक संख्या

६ पुष, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंगलबार सँगै संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदै छ ।