आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिताको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने

गोकर्णेश्वर खबर२६ मंसिर २०७९, सोमबार १७:४४ मा प्रकाशित (१ साल अघि) २० पाठक संख्या

२६ मंसिर, काठमाडौं । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले यस्तो बताएका हुन् ।

सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण (क्लष्टर) तर्फका सचिव सुरेश आचार्यलाई सहकारी विकास मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।

राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव राम आधार साहलाई नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, बैठकले अन्य सात वटा निर्णय गरेको छ ।