आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले अनुसन्धान गर्दै

गोकर्णेश्वर खबर१६ मंसिर २०७९, शुक्रबार १९:४८ मा प्रकाशित (१ साल अघि) २५ पाठक संख्या

१६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ । गृह मन्त्रालयमा रविको नागरिकतामाथि छानबिनका लागि भन्दै उजुरी परेपछि मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको बताइएको छ ।

चितवन-२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्रमाथि अनुसन्धान अघि बढेको हो । लामिछानेले विदेशी नागरिकता परित्याग गरेर विधिवत रूपमा नेपाली नागरिकता नलिई पहिल्यै निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेको उजुरी परेपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान सुरु गरेको हो ।

अमेरिकी पासपोर्ट त्यागेपछि रविले नेपाली नागरिक लिने प्रक्रियामा त्रुटी रहेको भन्दै उजुरी परेको थियो । उसो त चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पनि उनको नागरिकतामाथि प्रश्न उठाउँदै उजुरी परेको थियो ।