आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

बाजुरा र स्याङ्जा-२ मा कांग्रेसको अग्रता कायमै

गोकर्णेश्वर खबर१६ मंसिर २०७९, शुक्रबार ०९:०४ मा प्रकाशित (१ साल अघि) १९ पाठक संख्या

१६ मंसिर, काठमाडौं । स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् भनें बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

गुरुङ उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार ४१८ मतले अगाडि छन्। केहीबेर अघिसम्मको मतगणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले ११ हजार ९२० मत प्राप्त गर्दा एमालेकी अर्यालले ९ हजार ५०२ मत ल्याएकी छन्।

यसैगरी, बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले १ हजार २६९ मतले अग्रता कायम राखेका छन्।

पछिल्लो मत परिणामअनुसार पाण्डेले ५ हजार ३९९ मत ल्याउँदा नेकपा एमालेका कर्णबहादुर थापाले ४ हजार १३० मत ल्याएका छन्।