आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

प्रतिनिधिसभाको समानुपातिकतर्फ कुन दलले कति पाए ?

गोकर्णेश्वर खबर१५ मंसिर २०७९, बिहीबार १९:४७ मा प्रकाशित (१ साल अघि) १७ पाठक संख्या

प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले अपरान्ह ४ः ०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ । यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार दुई सय ५८ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८४ हजार नौ सय ६९, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार सात सय ५० र जनमत पार्टी तीन लाख ९४ हजार एक सय २९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार नौ सय पाँच मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार पाँच सय ६५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार एक सय २० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार छब्बीस मत प्राप्त गरेको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

कुन दलले कति मत पाए ?

1. नेपाली कांग्रेस – २६ लाख ३० हजार एक सय ४१ मत ।

2. नेकपा (एमाले) – २७ लाख ६१ हजार छ सय ४८ मत ।

3. नेकपा (माओवादी केन्द्र) – ११ लाख ६० सात सय ८३ मत ।

4. राष्ट्रिय स्वतन्त्र पार्टी – ११ लाख १४ हजार दुई सय ५८ मत ।

5. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – ५ लाख ८४ हजार नौ सय ६९ मत ।

6. जनता समाजवादी पार्टी (जसपा) – ४ लाख २० हजार सात सय ५०  मत ।

7. जनमत पार्टी – ३ लाख ९४ हजार एक सय २९ मत ।

8. नेकपा (एकीकृत समाजवादी) –  २ लाख ९३ हजार नौ सय पाँच मत  ।

9. नागरिक उन्मुक्ति पार्टी –  २ लाख ७१ हजार पाँच सय ६५ मत  ।

10. लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) – १ लाख ६७ हजार एक सय २० मत ।

11. नेपाल मजदुर किसान पार्टी – ७५ हजार छब्बीस मत ।