आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

धनुषा–४ बाट एमालेका महासेठ निर्वाचित

गोकर्णेश्वर खबर१३ मंसिर २०७९, मंगलवार ०९:४५ मा प्रकाशित (१ साल अघि) २२ पाठक संख्या

१३ मंसिर, काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ बाट नेकपा (एमाले) का उमेदवार रघुवीर महासेठ निर्वाचित भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले ३२ हजार २३६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार महेन्द्र यादवले ३२ हजार ११२ मत पाएका हुन् ।

महासेठले २०७४ को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए। त्यसबेलासमेत यादव निकटम प्रतिद्वन्द्वी बनेका थिए।