आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

नेपाली कांग्रेस ५२ सिटमा विजयी, ४ स्थानमा अग्रता कायम

गोकर्णेश्वर खबर११ मंसिर २०७९, आईतवार १२:४६ मा प्रकाशित (१ साल अघि) २४ पाठक संख्या

११ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १ सय ६५ मध्ये १ सय ५५ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।

मत परिणाम सार्वजनिक भएको अनुसार हालसम्म नेपाली कांग्रेस ५२ सिटमा विजयी भएको छ भनें ४ स्थानमा अग्रता कायम गरिरहेको छ ।

हालसम्म नेकपा एमाले ४१, नेकपा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन तथा पाँच जना स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट निर्वाचित भएका छन्।