आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

रामेछापमा पूर्णबहादुर तामाङ निर्वाचित, डीडीसीका पूर्व कार्यकारी प्रमुख ढुंगेल पराजित

गोकर्णेश्वर खबर११ मंसिर २०७९, आईतवार १२:३२ मा प्रकाशित (१ साल अघि) ५३ पाठक संख्या

११ मंसिर, काठमाडौं । रामेछापमा प्रतिनिधिसभा सदस्यमा पाँचदलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् ।

तामाङले दुग्धविकास संस्थानको पूर्व कार्यकारी प्रमुख कैलाशप्रसाद ढुंगेल पराजित गरेका हुन् । तामाङ पाँचदलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार हुन् ।

आइतबार बिहान सकिएको मतगणना परिणामअनुसार तामाङले ढुंगेललाई १६ हजार ३ सय ६९ को मतान्तरले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर जित हासिल गर्दा एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित तामाङ नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापति भइसकेका नेता हुन् । २०७० को संविधानसभा चुनावको समानुपातिकतर्फको सूचीमा पनि उनको नाम थियो । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका उनी पराजित भएका थीए । निर्माण व्यवसायमा संलग्न उनी २०३६ सालदेखि राजनीतिमा पनि आबद्ध रहेका व्यक्ति हुन् ।