आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही २ बाट निर्वाचित

गोकर्णेश्वर खबर९ मंसिर २०७९, शुक्रबार २१:१८ मा प्रकाशित (१ साल अघि) ३९ पाठक संख्या

९ मंसिर, विराटनगर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् ।

विष्णुप्रसाद पौडेलले २७ हजार १ सय ४७ मत ल्याएका छन् भनें गणेश पौडेल २५ हजार ७ सय ८१ मत पाएका छन् ।

यो क्षेत्रमा गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो । राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका छन् ।