आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काभ्रे–१ (ख) मा मात्र ३ मत अन्तरले तीर्थ लामा विजयी

गोकर्णेश्वर खबर९ मंसिर २०७९, शुक्रबार १३:२७ मा प्रकाशित (१ साल अघि) ७४ पाठक संख्या

९ मंसिर, काठमाडौं । काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । लामाले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र लामालाई मात्र ३ मत अन्तरले पराजित गरे ।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार २ सय ८० र एमालेका नेता चन्द्रले १९ हजार २ सय ७७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।