आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काभ्रे- २ बाट गोकुल बाँस्कोटा विजयी

गोकर्णेश्वर खबर९ मंसिर २०७९, शुक्रबार १३:०३ मा प्रकाशित (१ साल अघि) ४५ पाठक संख्या

९ मंसिर, काठमाडौं । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन्।

बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईं सँग ५ हजार आठ सय ६३ मतान्तरले विजयी भएका हुन्।

मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गरेका छन्।

यस्तै, यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए।

यस क्षेत्रमा एक लाख तीन हजार तीन सय ९१ ले मतदान गरेको थिए। बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन ०७४ मा निर्वाचित भएर मन्त्रीसमेत भएका थिए।