आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

काठमाडौं ३ को शुरुवाति रुझान, एमालेको अग्रता

गोकर्णेश्वर खबर५ मंसिर २०७९, सोमबार १३:४१ मा प्रकाशित (१ साल अघि) १०४ पाठक संख्या

५ मंसिर, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । नेकपा एमालेका उम्मेदवार कृष्ण राईले १०७५ मत ल्याएका छन् । यसैगरी नेपाली कांग्रेसका सन्तोष चालिसेले १०५७ मत ल्याएका छन् ।

राई चालिसे भन्दा १८ मतले अगाडी रहेका छन् ।

घण्टि चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापाले ६४६ मत र लौरो चिन्हका द्वारिका अधिकारीले १०४ मत ल्याएका छन् । पुतली चिन्ह पाएका स्वतन्त्र उम्मेदवार निरञ्जन पुडासैनीले ३३ मत पाएका छन् ।

काठमाडौं क्षेत्र नं. ३ मा ३४२४ मत गणना हुँदा सदर मत ३२७१ रहेको छ भनें १५३ मत बदर भएको छ ।