आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कांग्रेसको जितको खाता मुस्ताङबाट खुल्यो

गोकर्णेश्वर खबर५ मंसिर २०७९, सोमबार १२:०५ मा प्रकाशित (१ साल अघि) ५७ पाठक संख्या

५ मंसिर, काठमाडौं । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । यो यस चुनावमा कांग्रेसको पहिलो जित भएको छ ।

मुस्ताङमा कांग्रेसका उम्मेदवार कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका हुन् । उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।

२०७४ मा मुस्ताङमा वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएका थिए । रोमी गौचनले भने ३ हजार १ सय ८१ मत प्राप्त गरेका थिए । यसपटक कांग्रेस र माओवादी केन्द्रलगायतको गठबन्धनको बलमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।