आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

मतदान केन्द्रमा मोबाइल, क्यामरा र अन्य निषेधित वस्तु लैजान नपाईने

गोकर्णेश्वर खबर२९ कार्तिक २०७९, मंगलवार १७:४४ मा प्रकाशित (१ साल अघि) ४७ पाठक संख्या

२९ कार्तिक, काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिई आए कारबाही गर्ने निर्णय गरेको छ ।

मङ्गलबार आयोगले चार बुँदे निर्देशन जारी गर्दै मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने निर्णय गरेको हो ।

मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न लगाइएको आयोगद्वारा जारी निर्देशनमा उल्लेख छ ।

मङ्सिर ४ गते मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता र अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको छ ।

मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।