आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

बौद्धका पूर्व वडा अध्यक्ष कांग्रेस नेता दिपेन्द्र लामाले दिए स्वतन्त्र उम्मेदवारी

गोकर्णेश्वर खबर२४ आश्विन २०७९, सोमबार ००:१२ मा प्रकाशित (१ साल अघि) ३८३ पाठक संख्या

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिका प्रत्यासी तथा काठमाडौं महानगरपालिका ६ बौद्धका पूर्व वडा अध्यक्ष दिपेन्द्र लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पार्टीले निश्पक्ष रुपमा प्रदेश (क) को टिकट वितरण गर्न नसकेको बताउँदै लामाले स्वतन्त्र उम्मेदवारी दिएको निकटस्थहरुले बताएका छन् ।

प्रदेश सभा (क) का उम्मेदवारका आकांक्षि रहेका लामालाई पार्टीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिंदै मनोनयन दर्ता गरेका हुन् ।

यसैगरी आज काठमाडौँमा क्षेत्र नं ३ का कांग्रेसका पूर्व नगर सभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेश (ख) मा महिला संघ काठमाडौंका अध्यक्ष विष्णुदेवी पुडासैनीले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

त्यस्तै अन्य स्वतन्त्र उम्मेदवारी दिनेहरुमा निरञ्जन पुडासैनी, राजेश विष्ट, जगन्नाथ देवकोटा, कुमार श्रेष्ठ लगायत  रहेका छन् ।