आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

काठमाडौं क्षेत्र नं ३ मा कांग्रेस, एमाले र माओवादीबाट को-को भए उम्मेदवार ? 

गोकर्णेश्वर खबर२३ आश्विन २०७९, आईतवार २०:५० मा प्रकाशित (१ साल अघि) ५४१ पाठक संख्या

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं ३ मा विभिन्न राजनीतिक दलका र स्वतन्त्र सहितका उम्मेदवारी दर्ता भएको छ ।  स्वतन्त्र उम्मेदवार लगायत कांग्रेस, एमाले र माओवादीका उम्मेदवारहरुको नाम निर्वाचन कार्यालयमा दर्ता गरिएका छन् ।

आज नेपाली कांग्रेसका प्रतिनिधिसभा तर्फ क्षेत्रीय सभापति सन्तोष चालिसे र प्रदेश सभा तर्फ प्रदेश (क) मा वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा र प्रदेश (ख) मा कांग्रेसका प्रदेश ख का सभापति विमल ठकुरीको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी, नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा संघीय सांसद कृष्ण राई र प्रदेश सभा तर्फ वागमति प्रदेश सभा सदस्य रामेश्वर फुयाल र चन्द्रमान लामाको उम्मेदवारी मनोनयन भएको छ ।

आजै नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाई र प्रदेश सभा तर्फ प्रदेश (ख) मा वागमति प्रदेश सचिवालय सदस्य महेश्वर फूयाल र प्रदेश (क) मा जिल्ला सचिवालय सदस्य कपिलमूनी उप्रेतीको मनोनयन भएको छ ।

यसैगरी, आज काठमाडौं क्षेत्र नं. ३ मा निरञ्जन पुडासैनी, जगन्नाथ देवकोटा, श्रीकृष्ण ज्योती, राजेश विष्ट लगायतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टीबाट  उम्मेदवारी दर्ता भएको छ ।