आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

विमल ठकुरीले पाए काठमाडौं क्षेत्र नं ३ प्रदेश (ख) को टिकट 

गोकर्णेश्वर खबर२३ आश्विन २०७९, आईतवार १८:५१ मा प्रकाशित (१ साल अघि) २८७ पाठक संख्या

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं ३ प्रदेश (ख) को टिकट विमल ठकुरीले पाएका छन् । क्षेत्रमा गठबन्धन अन्र्तगत माओवादीले प्रदेश (ख) पाउने भनिएता पनि अन्तमा कांग्रेसले आफ्नै उम्मेदवार बनाएर ठकुरीलाई पठाएको छ ।

अघिल्लो चुनावमा एमालेका रामेश्वर फुयालसँग थोरै मत अन्तरले पराजित भएका ठकुरी क्षेत्रमा कांग्रेसका प्रभावशाली युवा नेता समेत हुन् । ठकुरी काठमाडौँ क्षेत्र नं ३ प्रदेश (ख) का सभापति हुन् ।

क्षेत्रमा राम्रो राजनीतिक पकड रहेका ठकुरीले प्रदेश (ख) को टिकट ल्याए पछि क्षेत्रमा कांग्रेसले राम्रो जनमत सहित सबै सिटमा विजयी हुने चर्चा चुलिएको छ ।